NOTICE

CLICK ON THE ARTICLE OR PICTURE TO ENLARGE IT AND YOU CAN HAVE BETTER VIEW OF THE ARTICLES AND OTHERS..enjoy it
Ratna

Tuesday 4 March 2008

जिंदगी (कविता)




जिंदगी


जिउन जाने जिंदगी हासोको गह हो
जिउन नजाने जिंदगी आशुको दह हो ।
रहस्यमय छ जिंदगी बुझ्न गार्हो छ
लुकेको रहस्य खुलाउन झनै सार्हो छ ।
कोही भन्छन जिंदगी खुशिको संसार हो
कोही भन्छन जिंदगी दुःखको अन्धकार हो ।
म भंछु जिंदगी संगमको चौतरी हो ।
फोस्रो जिंदगी जाल झेलको औतरी हो ।
गोरेतो छ जिन्दगिमा हिड्नको लागि धेरै
असत्य मार्ग समाउने धेरै सत्यको लागि थोरै ।
जिंदगीमा आधी बेहरी आउछ धेरै पटक
त्यसमा बच्न जिन्दगिमा बन्नू पर्ने सतर्क ।
जिन्दगिमा जिउन जन्नू आफ्नो एउटा सार हो
नखानु भनेको जिन्दगिमा एउटा मात्र हार हो ।
अब बूझौ जिंदगी कस्तो रहेछ भनेर
हासी खेली बिताऊ जिंदगी होइना दिन गनेर ।
हासाउनलाई जिन्दगिमा आफ्नै भर पर्छ
त्यों नै हास्छ जिन्दगिमा जसले ठिक काम गर्छ ।।

1 comment:

Raj Rai said...

whatever is script above it must be very expressive i wish i could read those script :)