NOTICE

CLICK ON THE ARTICLE OR PICTURE TO ENLARGE IT AND YOU CAN HAVE BETTER VIEW OF THE ARTICLES AND OTHERS..enjoy it
Ratna

Friday 7 May 2010

Hi again

Dear Visitors,
It is a long time that I have not been updated the page. I am trying to do my best to keep it up to date, decorating with a new post. Please visit constantly. Thank you. RBGM

साथीहरु संग

Thursday 30 October 2008

आज त भाई टिका

आज त भाई टिका
तिहार आएछ झिलिमिली घर सिंगारे
पाँचौ दिन आज त भाई टिका रे
निधारमा टिका होला अरु भाईका
खुसी होलान दीदी बहिनी कटी रमाएका
संजीव भाई र म त यतै चेस खेल्दै रे
चाउ चाऊ खादै कोठामा हल्ला गर्दै रे
यस् पालिको तिहार पनि भयो कस्तो नि
नून खाएर झोकरीएको कुखुरा जस्तो नि ॥
लेखक आर . बि . जि . एम् .

तिहार

प्रिय भिजितर साथिहरुमाँ म बैरागी काईलाको तर्फबाट भाई टिका को शुखाद उपलक्छेमाँ फुलोस फलोस अनि फैलियोस भन्ने सु-शब्द कमाना ब्यक्त गर्न चाहन्छु। आफुले टिका लगाउन नपाए पनि तपाईहरु सबैले राम्रो संग लगाउनु भयो होला भन्ने पूर्ण आशा राखेको छु ॥ कहिले वारी कहिले त पारी,, भाईटिकामा कोठामै बसियो दिन भरी ,, रे के ,, नि त हा हा हा हा हा हा हा हा ,, उम् ..

Tuesday 28 October 2008

यस पालिको तिहार












रत्न बहादुर घर्ती मगर

मखमली फूलको माला त्यसै सुकी जाने भो
दिदी बहिनी भेत्ने मौका अब कहिले आउँने हो ।

पोहोर साल नी निधार मेरो भाईटीकामा रित्तो भो
दिदी बहिनी घरमा मलाई सम्झेर नै दिन बित्यो हो ।

अर्को वर्ष भन्दा भन्दै गए धेरै तिहारहरु
भरपूर्ण आशा भए नी रित्तै भए सधैं निधारहरु ।

छोरो अब आउछ भनी आशामा आमा बसेकी होली
धेरै भो सुन्न नपा भाग्यमानी भएस बावु भन्ने बोली ।

साथी भाई सबै मेरो बाटो हेरी बस्या होलान्
भैलो दिउसी खेल्न भनी सबै सुर कस्या होलान् ।

म त यतै विदेशमा बस्ने भए कल्पनामा
न्यासो लाग्छ मनमा मेरो साथीभाईको सम्झनामा ।

दिदी भेत्ने आशा मेरा यसपालि नी अधुरो भो
दिउसो भैलो खेल्ने चाहना यसपालि नी अपुरो भो ।

यसपालि नी सिरानी मेरो आँशुले नै भिजाउने भो
के छ परदेशी भनी यस तिहारले नी गिजाउने भो ।

हाल यु. के.

Wednesday 30 April 2008

Tuesday 4 March 2008

जिंदगी (कविता)




जिंदगी


जिउन जाने जिंदगी हासोको गह हो
जिउन नजाने जिंदगी आशुको दह हो ।
रहस्यमय छ जिंदगी बुझ्न गार्हो छ
लुकेको रहस्य खुलाउन झनै सार्हो छ ।
कोही भन्छन जिंदगी खुशिको संसार हो
कोही भन्छन जिंदगी दुःखको अन्धकार हो ।
म भंछु जिंदगी संगमको चौतरी हो ।
फोस्रो जिंदगी जाल झेलको औतरी हो ।
गोरेतो छ जिन्दगिमा हिड्नको लागि धेरै
असत्य मार्ग समाउने धेरै सत्यको लागि थोरै ।
जिंदगीमा आधी बेहरी आउछ धेरै पटक
त्यसमा बच्न जिन्दगिमा बन्नू पर्ने सतर्क ।
जिन्दगिमा जिउन जन्नू आफ्नो एउटा सार हो
नखानु भनेको जिन्दगिमा एउटा मात्र हार हो ।
अब बूझौ जिंदगी कस्तो रहेछ भनेर
हासी खेली बिताऊ जिंदगी होइना दिन गनेर ।
हासाउनलाई जिन्दगिमा आफ्नै भर पर्छ
त्यों नै हास्छ जिन्दगिमा जसले ठिक काम गर्छ ।।

Monday 3 March 2008

हजूर नमस्ते

यहाँ तापाईहरुलाई स्वागत गर्न चाहन्छु । यो मेरो पहिलो प्रयास हो यस्मा थुप्रै त्रुटीहरु हुन सक्छा कथं कदाचित गलती भएका कुराहरुलाई सूधार गर्ने सलाह दिनुहोला भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु । धन्यबाद ।