NOTICE

CLICK ON THE ARTICLE OR PICTURE TO ENLARGE IT AND YOU CAN HAVE BETTER VIEW OF THE ARTICLES AND OTHERS..enjoy it
Ratna

Tuesday 28 October 2008

यस पालिको तिहार












रत्न बहादुर घर्ती मगर

मखमली फूलको माला त्यसै सुकी जाने भो
दिदी बहिनी भेत्ने मौका अब कहिले आउँने हो ।

पोहोर साल नी निधार मेरो भाईटीकामा रित्तो भो
दिदी बहिनी घरमा मलाई सम्झेर नै दिन बित्यो हो ।

अर्को वर्ष भन्दा भन्दै गए धेरै तिहारहरु
भरपूर्ण आशा भए नी रित्तै भए सधैं निधारहरु ।

छोरो अब आउछ भनी आशामा आमा बसेकी होली
धेरै भो सुन्न नपा भाग्यमानी भएस बावु भन्ने बोली ।

साथी भाई सबै मेरो बाटो हेरी बस्या होलान्
भैलो दिउसी खेल्न भनी सबै सुर कस्या होलान् ।

म त यतै विदेशमा बस्ने भए कल्पनामा
न्यासो लाग्छ मनमा मेरो साथीभाईको सम्झनामा ।

दिदी भेत्ने आशा मेरा यसपालि नी अधुरो भो
दिउसो भैलो खेल्ने चाहना यसपालि नी अपुरो भो ।

यसपालि नी सिरानी मेरो आँशुले नै भिजाउने भो
के छ परदेशी भनी यस तिहारले नी गिजाउने भो ।

हाल यु. के.

1 comment:

दुखिपरिवर सोम said...

भाई लाई दुखी दाई सोम थापा मगर को धेरै धेरै
शुभ आसिर्बद छ लामो समय पछी रिन्दै गुम्दै आयको छु
भाई को साहारा पाउदा केही गर्न सकिन्छ भन्ने मन्मा लगेर आएको छ
र चाडै भन्दा चाडैनै मेरो सेकेन अल्बुम निकाल्ने तयारीमा छु आशा गर्द्छ
जे जस्तो भए पनि भाईको साथ अवसय नै होला भनी मन म लिए को छु र
भाईको मखमली फुल को जुन भावना छ एकदम राम्रो छ यसरीनै भावीदिन्मा पनि
भाईको नयाँ सिर्जना हरु पढन पाउने आसाले गल्ती भएमा माफि मग्दै बिदा चाहन्छु
दुखी दाई सोम थापा मगर